लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सगुनलाई विश्वभरका गैरआवासीय नेपाली अगुवाहरुको साथ (हेर्नुहोस भिडियो)

बुधबार, २२ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २२ । नेपालीले स्थापना गरेको सामाजिक इकमर्स साइट सगनुले संसारभरबाट लगानी जुटाउने गरी मिनी आइपिओ निस्कासन गरेका बेला नेतृत्वमा रहेका गैरआवासीय नेपालीहरुका अगुवाहरुले बलियो साथ दिने बताएका छन् ।

बिदेशमा रहेर पनि सबैलाई जोड्ने गरी लगानीको अबसर सृजना गरेकोमा गैरआवासीय नेपालीहरुले सगुनको अभियानमा साथ दिनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेले अहिलेको युग आइटीले लिड गर्ने भएकाले सगुनले ल्याउने प्रोडक्टले विश्वलाई प्रभाव पार्ने बताए ।

नेपालीले स्थापना गरेको कम्पनीले अमेरिकामा मिनी आइपिओ निस्कासनको अनुमति पाउनु आफैंमा गौरवको विषय भएको उनको भनाइ थियो ।

सगुनमा लगानीको अबसरले एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचन पनि उत्साहित देखिएका छन् । उनले एनआरएनभित्र प्रविधि सिक्नेहरु धेरै भएकाले उनीहरुका लागि सगुनको प्रोजेक्ट निकै उपयोगी हुने बताए ।

उनले सगुनको प्लेटफर्म सबैका लागि उपयोगी हुने बताउँदै आइटिको क्षेत्रमा यसले फड्को मार्न सक्ने उल्लेख गरे ।

सगुनमा क्रेडिट डेविट कार्डमार्फत जुनसकै देशबाट लगानी गर्न सकिन्छ । शेयरमा क्रेडिट डेविट कार्डबाटै लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो ।

नेपालबाट भने विदेशमा लगानी गर्ने कानुन बनिसकेको छैन । तर बिश्वभर छरिएर रहेका नेपालीहरुले भने त्यस देशको बैकमा खाता भएको खण्डमा लगानी गर्न सक्नेछन् ।

सगुनलाई शुभकामना दिनेहरुमा एनआरएनएका सगुनका उपाध्यक्ष कुल आचार्य, उपाध्यक्ष सपिला राजभण्डारी, उपाध्यक्ष कुमार पन्त महासचिव बद्री केसी, अष्ट्रेलियामा बस्दै आएका इन्द्र वान, कोषाध्यक्ष हिकमत थापा सगुनलाई शुभकामना दिदै भिडियो सन्देश दिएका छन् ।

उनीहरुले सगुनले पोजेटिभ मुभमेन्ट गइरहेको बताउँदै यस अभियानमा साथ दिने बताए ।

उनले भने, ‘सगुनका संस्थापकहरुले ठूलो सपना बोकेर हिँड्नु भएको छ । यसले एक दिन नेपालीलाई गौरव गर्ने अर्को अबसर दिनेछ, त्यसैले सबैले साथ दिने बेला आएको बताए ।

टेक्नोलोजीको युगमा उनीहरुले गरिरहेको कामलाई सबै एनआएनले सहयोग गरेर सफल बनाउने हो भने भोली दिनमा उदाहरण बन्ने र नेपालीहरुले गरेको कामको बिश्वभर फैलिने बताएका थिए ।

सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो, एक गैर आवशिय नेपालीको अगुवाइमा अमेरिका दर्ता भइ सुरु भएको सामजिक सञ्जाल हो ।

सगुनले अमेरिकन जब्स एक्ट २०१२ अनुसार अमेरिनक कम्पनीमा लगानी गर्न मिल्ने देशहरुबाट लगानीको अवसर दिएको छ ।

जसको लागि सगुनमा सगुनको पेज sagoon.com/invest मा गएर लगानी गर्न सकिने बताइएको छ ।

सगुनको मिनी आइपिओमा सेयर खरिद गर्न नोबेम्बर ३० सम्मको समय रहेको बताइएको छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework